Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन

इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन

आर्थिक पत्र
मंगलवार, माघ १७ २०७९
  • काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । संघको नयाँ कार्यसमितिले माघ १६ गतेका दिन पद तथा गोपनियताको सपथ लिएका छन् ।

    तात्कालिन सल्लाहकार बिनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार मनोज अग्रवाल, तात्कालिन महासचिव नविन कुमार श्रेष्ठ लगायतको समर्थनमा (सर्वसहमतिमा) सुधिर पराजुलीको अध्यक्षतामा सो नयाँ कमिटी गठन भएको छ ।

    संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।

    यस्तो छ नयाँ कार्यसमिति

    अध्यक्ष – सुधिर पराजुली
    उपाध्यक्ष – मनोज अग्रवाल
    महासचिव – नविन कुमार श्रेष्ठ
    कोषाध्यक्ष – पुष्कर बडाल
    सचिव – सुरेन क्षेत्री
    कार्यकारी सदस्यहरुः कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा
    सल्लाहकारहरु –  बिनय बोहारा, बिनय साउद, प्रमेश खरेल
    प्रमुख कार्यकारी अधिकृत – सुभास खड्का
    फंक्सनल कमिटी सदस्यहरु – बृजेश पालिखे, रमेश काफ्ले , आशिष श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार