Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

आर्थिक पत्र
मंगलवार, माघ २४ २०७९
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ ।महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो । 

    images

    यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा महानगर र प्राधिकरणबीच सम्झौता भएको हो । 

    बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको हो । 

    सम्झौतापत्रमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार