Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, निगमले नेपालमा नघटाउने

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, निगमले नेपालमा नघटाउने

आर्थिक पत्र
शुक्रवार, फाल्गुण ५ २०७९
  • काठमाडौँ । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

    images

    आईओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूल्य घटेर आएको हो। तर नेपाल आयल निगमले यसपटक मूल्य नघटाउने जनाएको छ।

    नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको छ। यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपैयाँ बढाएको थियो।

    निगमले आईओसीलाई ११ अर्ब र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले तत्काल मूल्य नघटाउने बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार