Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

इटहरी उपमहानगरले २ हजार अति विपन्न परिवारको निशुल्क बीमा गरिदिने

इटहरी उपमहानगरले २ हजार अति विपन्न परिवारको निशुल्क बीमा गरिदिने

आर्थिक पत्र
बुधवार, फाल्गुण १७ २०७९
  • इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो । जस अनुसार अधिकांसको निशुल्क बीमा पाईसेकेका छन ।

    images

    इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भए सँगै सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बीमा कार्यक्रम सुरु गरिएको हो । 

    साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । मेयर पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्ने छ ।

    मेयर पौडेल भन्छन् यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्। बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्धत मिल्नेछ । 

    भवितव्य रुपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिव तथा विपन्नहरुको निशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषत आर्थिक रुपमा कमजोर भएका घरपरिवार बीमाको सेवाबाट टाँढा रहेका छन् । तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नोे घोषणापत्रमा अनुरुप स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनको भनाई छ । 

    अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा भनिएको छ । वडा कार्यालयसँगको समन्वयमा घरबाटै बीमामा आवद्ध हुने व्यवस्था गरिएको इटहरी उपमहानगरले जनाएको छ । बीमाकर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बीमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार