Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

भारतबाट बढेर आयो ग्यासको मूल्य

भारतबाट बढेर आयो ग्यासको मूल्य

आर्थिक पत्र
बुधवार, फाल्गुण १७ २०७९
  • काठमाडौं । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।

    images

    नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।

    निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार