Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङले ल्यायो ग्यालेक्सी एम ०४, कति पर्छ मूल्य?

सामसङले ल्यायो ग्यालेक्सी एम ०४, कति पर्छ मूल्य?

आर्थिक पत्र
बुधवार, चैत्र १ २०७९
  • काठमाडौं । सामसङ्गले दराजबाट ग्यालेक्सी एम ०४ को प्रि-अर्डर खुल्ला गरेको छ। लेकप्रिय ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करणले युवा पुस्ताका आवश्यकता पूरा गर्न उल्लेख्य भूमिका खेल्ने दाबी कम्पनीको छ। 

    ग्यालेक्सी एम ०४ र्‍याम प्लसका साथ ८ जिबी र्‍यामसम्म बढाउन सकिने विशेषता उपलब्ध छ। र्‍याम प्लसले प्रयोगकर्ताहरु लाई आवश्यकता बमोजिम र्‍यामको स्टोरेज् वृद्धि गर्ने सुविधा प्रदान गर्दछ। यो फोनमा १टिबीसम्म स्टोरेज् वृद्धि गर्न सकिने सुविधा भएकाले प्रयोगकर्ताहरुले स्टोरेज्को चिन्ता लिइरहन पर्दैन। 

    यसमा मिडिया टेक हेलियो पि ३५ प्रोसेसर जडित छ। जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ। प्रयोगकर्ताहरूले कार्यसम्पादन, सहज मल्टि टास्किङ, सजिलो एप नेभिगेसन र निर्बाध गेमिङ अनुभव गर्न सक्नेछन।

    यसमा ६.५ एनचको डिस्प्ले छ। ठूलो स्क्रिनले प्रयोगकर्ताहरूलाई सोशल मिडियाहरू सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ। चलचित्र प्रेमीहरूले बिनाकुनै रोकावट आफ्नो मनपर्ने फ्लिमको आनन्द लिन सक्छन्। योफोनमा ५००० यमएयच ब्याट्री जडित छ। लामो समय टिकाउ हुने दाबी कम्पनीको छ।  

     

    यसको ४ जिबि प्लस ६४ जिबिखाले मोबाइलको बजार मूल्य १५ हजार ९९९ पर्छ।  ४ जिबि प्लस १२८ जिबिको मूल्य १७ हजार ९९९ तोकिएको छ। ग्यालेक्सी एम ०४ हरियो र निलोे रङमा उपलब्ध हुनेछ।  यो फोन दराज एपबाट प्रि-अर्डर गर्न सकिन्छ। 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार