Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी

चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी

आर्थिक पत्र
बुधवार, चैत्र १ २०७९
  • चितवन । भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

    images

    उनका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय भइसकेको छ । सिफारिसमा परेका दुई कम्पनी कारबाहीमा परिसकेका इन्जिनियर आचार्यले बताए । उनले भने, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेकाले कारबाहीको प्रक्रिया अघि बढेको छ ।” कारबाही गरिएकामा काठमाडौँस्थित अनुष्ठा कन्स्ट्रक्सन प्रालि र भरतपुरस्थित जनकन्स्ट्रक्सन रहेका छन् । ती कम्पनीलाई कामको प्रकृति हेरी एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिने उनको भनाइ थियो  ।

    कालोसूचीमा परेका कम्पनीले एकदेखि तीन वर्षसम्म विकास निर्माणका लागि नयाँ ठेक्का सम्झौता गर्न नपाउने, बाँकी कामको समेत चलन चल्तीको मूल्यमा असुल उपर गराउने इन्जिनियर आचार्यले जानकारी दिए। महानगर उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । उनले भने, “समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्नेछौँ ।” ठेकेदार कम्पनीलाई कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न छुट नभएको उनको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार