Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भायानेटले ल्यायो नेपालकै पहिलो २ जिपिबिएस इन्टरनेट

भायानेटले ल्यायो नेपालकै पहिलो २ जिपिबिएस इन्टरनेट

आर्थिक पत्र
बिहिवार, चैत्र ९ २०७९
  • नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिपिबिएस एक्सजिएस–एक्सट्रिम प्याकेजमार्फत नेपालकै पहिलो मल्टि–गिग इन्टरनेट सार्वजनिक गरेको छ। 

    यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

    एक्सजिएस–पिओएन अर्थात् १०–गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर–अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० जिपिबिएसको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। 

    हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क जिपिओएनमा आधरित छ। 

    हाल, जिपिओएन प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जिबिपिएस र १.२ जिबिपिएसको अपलोड गति छ। 

    अब एक्सजिएस–पिओएनको लन्चसँगै ग्राहकहरूले १० जिपिबिएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्।

    भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जिबिपिएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। 

    एक्सजिएस–पिओएनमार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ। 

    अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। 

    यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि–डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ–नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्नेछ।

    हालका लागि नयाँ एक्सजिएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजिएस–एक्सट्रिम लाइन हाल काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध रहेको कम्पनीको भनाइ छ। 

    यद्यपि भायानेट छिट्टै आफ्ना एक्सजिएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार