Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?

सामसङ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?

आर्थिक पत्र
शुक्रवार, चैत्र १७ २०७९
  • काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई नेपाली बजारमा उपलब्ध गराएको छ। 

    यी फोनहरूमा धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरू रहेका छन्।

    'हामी नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ। यी उपकरणहरुमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरू रहेका छन्, जसले ग्राहकहरूलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटोहरू र भिडियोहरु खिच्न मद्दत गर्दछ।' सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने। 

    उनले थपे 'यो उत्कृष्टताको अनुभूति वर्षौं वर्षसम्म आइपी६७ रेटिङ्ग र गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरूको ४ पुस्ता र ५ वर्षे सुरक्षा अद्यावधिकरूका साथ टिकी रहन सक्नेछ।' 

    यी फोनमा फ्लोटिङ क्यामराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ। 

    ग्यालेक्सी ए–सिरिजमै पहिलो पटक ए५४ ५जीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित रहेको कम्पनीको भनाइ छ। 

     

    ग्यालेक्सी ए५४ ५जी ३ रङहरू कालो, हरियो र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जी पनि कालो, हरियो र सिल्भर गरी ३ रङहरूमा उपलब्ध छ।

    ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ। 

    कम्पनीका अनुसार यी मोबाइलहरू ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्। 

    जसको लागि यसले आइपी६७ रेटिङ पाएको जनाइएको छ। यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन्।

    यी दुवै मोबाइलहरूका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिँदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न। 

    ग्यालेक्सी ए५४ ५जीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ।

    पछिल्लो ए–सिरिज लन्चको, सामसङले पहिलो पटक २५६ जिबी मेमोरी भेरियन्टलाई ६० हजार रुपैयाँमा प्रस्तुत गरेको छ।  

    जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई संकेत गर्ने कम्पनीको भनाइ छ। 

    दुवै ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ वटा मेमोरी प्रकारहरूमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जीको ८ जिवी र्‍याम र १२८ जिबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ र ८ जीवी र्‍याम र २५६ जिबी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। 

    यस्तै, ए३४ ५जिको ८ जीवी र्‍याम र १२८ जीवी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार