काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर आइतबार ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


