Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

आर्थिक पत्र
आइतवार, चैत्र १९ २०७९
  • काठमाडौं।भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । 


    निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । 
    अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ ।

    भारतबाट धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन । आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार