Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फोन पे र सुलभ पेबीच भुक्तानी सहकार्य

फोन पे र सुलभ पेबीच भुक्तानी सहकार्य

आर्थिक पत्र
बुधवार, चैत्र २२ २०७९
  • काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे नेटवर्क र भुक्तानी सेवा प्रदायक सुलभ पे (एनक्यास) वालेटबीच सहकार्य सुरू भएको छ। 

    सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फोन पे र सुलभ पे बीच भुक्तानी पत्रमा सम्झौता भएको हो। 

    सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे। 

    यो सँगै सुलभ पेको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ। 

    एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो र फोनपे क्युआर प्रयोग गर्ने क्षमताको साथ अतुलनिय स्तरको सुविधा प्रदान गर्दछ। 

    सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 

    सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। 

    यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।

    फोनपेमा हाल ११ लाखभन्दा धेरै क्युआर मर्चेन्ट रहेका छन्।

    नेपाललाई क्यासलेस बनाउने योजना अनुसार 'नगद छोडौं, फोनपे गरौं' भन्ने नारासहित तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ। 

    फोनपे नेटवर्कमार्फत हाल दैनिक करिब ५ अर्बको कारोबार हुँदै आएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार