Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्विटरमा फर्कियो चरो!

ट्विटरमा फर्कियो चरो!

आर्थिक पत्र
शुक्रवार, चैत्र २४ २०७९
  • काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि पनि निलो चरो देखिएको छ।

    गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन।

    ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए।

    मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए।

    शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन। ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्। अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार