Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशनसेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशन

सेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशनसेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशन

आर्थिक पत्र
मंगलवार, चैत्र २८ २०७९
  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ ।

    स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो । अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्तरूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
     
    सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार