Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सुरु

उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सुरु

आर्थिक पत्र
बुधवार, चैत्र २९ २०७९
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो । 

    हिजाेवाट सुरु भएकाे साधारणसभवाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने मतदान भैरहेकाे छ ।

    वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासंघकाे बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

    साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

    यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार