Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

आर्थिक पत्र
बिहिवार, चैत्र ३० २०७९
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १०६ जनामा काेराेनाभाइरस स‌ंक्रमण पुष्टि भएकाे जनाएकाे छ । 

    बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेकाे विवरणअनुसार पछिल्लाे २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । 

    जसअनुसार ५४१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ४२ जनामा काेराेना संक्रमण देखिएकाे हाे । याेसँगै सक्रिय संक्रमितकाे संख्या ४३५ रहेकाे छ । 

    पछिल्लाे २४ घण्टा ७४ जनामा काेराेना संक्रमणमुक्त भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार