Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने

जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने

आर्थिक पत्र
शुक्रवार, बैशाख १ २०८०
  • धनुषा ।  जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । यसभन्दा पहिला दैनिक दुईपटक चल्दै आएकोनयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो । कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ ।

    यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए । एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार