Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

त्रिभुवन विमानस्थलमा ७ गते बिहान ६ घण्टाका लागि उडान र अवतरण बन्द हुने

त्रिभुवन विमानस्थलमा ७ गते बिहान ६ घण्टाका लागि उडान र अवतरण बन्द हुने

आर्थिक पत्र
मंगलवार, बैशाख ५ २०८०
  • काठमाडौं।बैशाख ७ गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म ६ घण्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द हुने भएको छ। 

    विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार सूचना जारी गर्दै उडान र अवतरण सेवा बन्द हुनेबारे जानकारी दिएको हो। 

    यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साग विद्युत आपूर्तिलाई थप सुधार गर्नका लागि अनलाईन यूपीएस जडान गर्ने भएकाले उक्त अवधिमा उडान र अवतरण बन्द हुने प्राधिकरणले जानकारी दिएको छ। 

    आन्तरिक र बाह्य दुवै उडान र अवतरण बन्द हुने भन्दै प्राधिकरणले उक्त समयमा यात्रा गर्ने यात्रुहरुलाई सम्बन्धित एअरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार