Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलको नयाँ नम्बर ९७० बाट सुरू हुने

एनसेलको नयाँ नम्बर ९७० बाट सुरू हुने

आर्थिक पत्र
शुक्रवार, बैशाख १५ २०८०
  • काठमाडौं। एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने भएको छ। एनसेल आजियाटाले बिहीबार एक सूचना जारी गर्दै प्रयोगकर्ताहरूलाई ९७० बाट सुरू हुने नम्बर उपलब्ध गराउने जनाएको हो।

    यसको लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ को चैत ६ गते स्वीकृति पाएको हाे। 

    यतिबेला एनसेलले ९८०, ९८१ र ९८२ नम्बर रेन्जमार्फत सिम कार्ड वितरण गरिरहेको छ। यीबाहेक अब भने ९७० रेन्जबाट पनि सिम वितरण हुने भएको हो। 

    प्राधिकरणका अनुसार एनसेलले करिब तीन करोड सिम वितरण गरिसकेको छ। तीन करोड सिमको लागि प्राधिकरणले एनसेललाई ९८०, ९८१ र ९८२ रेन्ज प्रदान गरेको थियो।  

    थप सिमको आवश्यकता भएसँगै कम्पनीले नयाँ रेन्जको आवश्यकता बताउँदै स्वीकृति लिएको हो। 

    हाल नेपाल टेलिकमले भने ९७४, ९७५, ९७६, ९८४, ९८५ र ९८६ रेन्जमार्फत सिम वितरण गरिरहेको छ।

    त्यस्तै, युटिएलले ९७२ रेन्जमार्फत सिम वितरण गर्दैछ। स्मार्ट टेलिकमले भने ९६१, ९६२ र ९८८ रेन्जमार्फत् सिम वितरण गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार