Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

आर्थिक पत्र
बुधवार, बैशाख २० २०८०
  • काठमाडौं। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ ।

    नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति पत्र नविकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो ।अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएकाे छ ।

    ‘नेपाल  दूरसञ्चार  प्राधिकरणबाट  आधारभूत  टेलिफोन  सेवाको  अनुमतिपत्र  प्राप्त  संस्था  श्री  स्मार्ट  टेलिकम  प्रा.लि., कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं. BTSL-01) नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ, ‘साथै, उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सुचित गरिएको छ ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार