Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते कन्सर्ट गर्दै

एनसेलले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते कन्सर्ट गर्दै

आर्थिक पत्र
मंगलवार, बैशाख २६ २०८०
  • काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरु रहनेछन् ।

    विषेशगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीका नेपालमा रहेका परिवारका सदस्यहरु, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ एनसेलले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रम दिउँसो २ बजेबाट सुरु भई बेलुका ९ बजे सम्म आयोजना गरिनेछ ।

    कार्यक्रममा चर्चित गायकगायिकाहरु दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विषेश प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । साथै, यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात प्रत्यक्ष प्रशारण हुनेछ। यसले गर्दा विराटनगरवासी मात्र नभई देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले कार्यक्रमको मनोरञ्जन लिन सक्नेछन् ।

    यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् ।

    वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ्का साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ। यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरु पनि उपलब्ध गराउँदै आएको छ ।

    यस सांगीतिक कार्यक्रमले विदेशमा रहेका नेपाली र तिनका नेपालमा रहेका परिवारलाई भरपुर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ। कार्यक्रमस्थलमा रहने एनसेलको स्टलमार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा–सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन् ।

    यस कार्यक्रममा सहभागी हुनका लागि अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि निःशुल्क टिकट लिन एनसेलले ग्राहकलाई आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार