Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलका सिइओ तथा प्रबन्ध सञ्चालकमा जाब्बोर नियुक्त

एनसेलका सिइओ तथा प्रबन्ध सञ्चालकमा जाब्बोर नियुक्त

आर्थिक पत्र
बिहिवार, बैशाख २८ २०८०
  • काठमाडौं । एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्।

    एनसेलको सञ्चालक समितिको मंगलबार बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो। 

    उनले आज (बुधबार) बाट आफ्नो कार्यभार सम्हालेका छन्। 

    यो सँगै एनसेलका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रुपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि 'आजियाटा ग्रुप चिफ कर्पोरेट अफिसर'का रूपमा कार्यभार सम्हाल्नेछन्।

    जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भिओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्। 

    उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव रहेको बताइएको छ। 

    एनसेलमा आवद्ध हुनु अघि उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। 

    क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवा प्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए।

    'एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु। प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु। टिमसँग काम गर्दै व्यावसायिक कार्य सम्पादनमा वृद्धि गर्नु र आजियाटा ग्रुपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्‍याउन ध्यान केन्द्रित गर्नेछु' जाब्बोरले भने। 

    उनले १ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा आफूले गौरवान्वित महशुस गरेको समेत बताए।

    पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन्। 

    उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन्। 

    नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो रहेको कम्पनीले बताएको छ। 

    डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार