Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

'नमस्ते पे' को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै भुक्तानी गर्न सकिने

'नमस्ते पे' को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै भुक्तानी गर्न सकिने

आर्थिक पत्र
मंगलवार, जेठ २ २०८०
  • नेपाल टेलिकमले 'नमस्ते पे' को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ।

    कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको छ।   

    नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमकाबीच सोमबार सो सेवा सुरू गरिएको टेलिकमले बताएको छ। 

    नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे। 

    सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरे। 

    उनले भने, 'नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ। प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ। अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ।'

    नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले भने, 'डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ। यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ।' 

    उनले आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए।

    हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ।

    यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरूमा समेत विस्तार गरिने बताइएको छ। 

    कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआरमार्फत भुक्तानी गरे बापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको छ।

    नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले 'नमस्ते पे' सञ्चालन गरिरहेको छ।    

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार