Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

आर्थिक पत्र
बिहिवार, आषाढ २ २०७९
  • काठमाडौं । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो ।

    images

    यस्तै, क वर्गको सेन्सेटिभ समेत ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अंकले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।

     यसदिन १३ वटा उपसूचकमध्ये जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।

    बिहीबार आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार