Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा

सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा

आर्थिक पत्र
सोमवार, जेठ २२ २०८०
  • काठमाडौं । सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घघाटन गरेको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरले उद्धघाटन गरेका हुन् । 

    यो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ हो । सामसङले काठमाडौं उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिले देखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो ।  

    बानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने छ । जहाँबाट कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने  सामसङको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार