Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ग्राहकको गोपनीयतामा कुनै सम्झौता हुन दिँदैनौं– नेपाल टेलिकम

ग्राहकको गोपनीयतामा कुनै सम्झौता हुन दिँदैनौं– नेपाल टेलिकम

आर्थिक पत्र
बुधवार, जेठ २४ २०८०
  • नेपाल टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा कुनै सम्झौता हुन नदिने बताएको छ।

    टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गर्दै सबै ग्राहकहरूलाई आफ्नो सेवाप्रति आश्वस्त हुन अनुरोध गरेको छ।

    टेलिकमको सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै समाचार प्रकाशन भएपछि कम्पनीले उक्त आफ्नो सेवाप्रति आश्वस्त हुन अनुरोध गरेको हो।

    टेलिकमले भनेको छ 'राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैं कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको छ।'

    कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको जानकारी गराउँदै कम्पनीले सेवा निर्धक्क भएर प्रयोग गर्न समेत ग्राहकलाई अनुरोध गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार