Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि

आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि

आर्थिक पत्र
मंगलवार, जेठ ३० २०८०
  • काठमाडौं । आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (“आजियाटा यूके”) र एनसेल आजियाटा लिमिटेड (“एनसेल”) ले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फाल्गुन १९, २०४९ (“बीआईटी मध्यस्थता”)  मा भएको द्विपक्षीय लगानी प्रवद्र्घन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (“नेपाल”) को विरुद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रुपमा अधिग्रहण (“कारोबार”) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (“आईसीएसआईडी”) ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय दिएको आजियाटा गु्रप बरहाद (“आजियाटा”) पुष्टि गर्दछ ।

    आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो ।

    न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ ।

    मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ । यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि  करिब १४ लाख अमेरिकी डलर रहेको छ । यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन ।

    आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ । यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिनेछन् । आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झै रचनात्मक रुपमा संलग्न रहनेछ ।

    आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उलेख्ख योगदानहरु पुर्याएको छ । देशको एक ठूलो करदाताका रुपमा एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर तथा विविध शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब  योगदान गरेको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाख भन्दा बढि ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरुमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरिसकेको छ ।

    एनसेल आफ्ना ग्राहक र नेपाली जनतालाई सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार