Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

५०० सदस्य भएको युट्युब च्यानल पनि मोनिटाइज हुने

५०० सदस्य भएको युट्युब च्यानल पनि मोनिटाइज हुने

आर्थिक पत्र
बिहिवार, जेठ ३२ २०८०
  • काठमाडौं । गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबले आफ्नो युट्युब पार्टनर कार्यक्रम (YPP) अन्तर्गत मोनिटाइजेशन नीति परिवर्तन गरेको छ।

    चाँडै नै सामग्री सिर्जनाकर्ताहरूले ५०० सदस्य तथा ३००० घण्टा हेराइको समय पूरा गरेपछि आफ्नो युट्युब च्यानल मोनिटाइजेशन गर्न सक्नेछन्।

    यसअघि युट्युब च्यानललाई मोनिटाइजेशन गर्न १००० सब्सक्राइबर र ४ हजार घन्टा हेर्नुपर्ने थियो । अब शर्ट भिडियो भ्यू मापदण्ड १० लाखबाट ३ लाखमा झारिएको छ ।

    युट्युब (YouTube )ले छोटा सामग्री सिर्जनाकर्ताहरूलाई सहयोग गर्न मोनिटाइजेशन नीतिमा यो परिवर्तन गरेको बताइएको छ ।

    साना सिर्जनाकर्तालाइ लाभ

    द वर्जको रिपोर्ट अनुसार युट्युब (YouTube )ले सशुल्क च्याट, टिपिङ, च्यानल सदस्यता र शपिङ फीचरहरू सहित साना सिर्जनाकर्ताहरू ( साना कंन्टेन्ट क्रिएटर्स ) का लागि कमाउने केही उपाय पनि प्रस्तुत गरेको छ।

    नयाँ नीति कहाँ लागू भयो ?
    मिडिया रिपोर्ट अनुसार युट्युबले अमेरिका, बेलायत, क्यानाडा, ताइवान तथा दक्षिण कोरियामा यो नयाँ नीति लागू गरेको छ । छिट्टै नेपाल लगायत अन्य देशमा पनि यो निति लागु हुनेछ ।

    च्यानल मोनिटाइजका लागि आवश्यक कुराहरु

    • पछिल्लो ९० दिनमा कमसेकम ३ वटा भिडियो अपलोड भएको हुनुपर्छ ।
    • न्युनतम ५०० सदस्य
    • एक वर्षमा ३ हजार घण्टा हेरिएको हुनुपर्छ वा छोटो भिडियो पछिल्लो ९० दिनमा ३० लाखले हेरेको हुनुपर्छ ।
      नोट- मोनिटाइजेसनका लागि यी दुई मापदण्ड मध्ये कुनै एक पूरा गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार