Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्राधिकरण महानिर्देशक अधिकारीलाई मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण

प्राधिकरण महानिर्देशक अधिकारीलाई मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण

आर्थिक पत्र
मंगलवार, आषाढ १२ २०८०
  • काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदै स्पष्टीकरण सोधेको छ । 

    उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको भन्दै मन्त्रालयले अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन दिएको छ ।

    स्पष्टीकरण पत्रमा चालु आर्थिक वर्ष २०७८/७९मको बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएकोसहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय उल्लेख छ ।

    11687844804.jpg21687844804.jpg31687844805.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार