Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

छ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

छ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

आर्थिक पत्र
आइतवार, आषाढ १७ २०८०
  • सन् २०२३ को जुन महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन्। 

    नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनामा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्।

    जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्। 

    बोर्डकाअनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट चार हजार ३४३, बेलायतबाट एक हजार ९९२ र अष्ट्रेलियाबाट एक हजार ६३९ जना पर्यटक आएका छन्।

    बोर्डका अनुसार सन् २०२३ को ६ महिना (जनवरीदेखि जुनसम्म) ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन्। 

    तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार