एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक 'कम्बो प्याकहरू' सञ्चालनमा ल्याएको छ।
अफ नेट अर्थात् एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्ने एनसेलको भनाइ छ।
यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जिबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित ९९८ रुपैयाँमा लिन सक्छन्।
ग्राहकले *१७११८*७*३# डायल गरी सजिलै यो प्याक लिन सक्ने कम्पनीले बताएको छ।
त्यसैगरी, अन नेट अर्थात् एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरूले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जिबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित ७९८ रुपैयाँमा लिन सक्छन्।
यो प्याक *१७११८*७*२# डायल गरी लिन सकिन्छ।
एनसेलका अनुसार यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ।
अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरूले ग्राहकहरूलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ।
यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।

