Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिजी नेटले ल्यायो 'आरआरआर अफर', के-के छन् सुविधा?

सिजी नेटले ल्यायो 'आरआरआर अफर', के-के छन् सुविधा?

आर्थिक पत्र
बिहिवार, श्रावण ११ २०८०
  • नेपाली इन्टरनेट कम्पनी सिजी नेटले आरआरआर (रिफर, रिडिम र रिपिट) नामक अफर ल्याएको छ। 

    जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन्। साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन्। 

    यस अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउने कम्पनीको भनाइ छ। 

    यसका साथै ३ जनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ।  

    सिजी नेटका उत्पादन प्रबन्धक करुणेश गुप्ताले भने 'हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा ग्राहकहरूलाई उहाँहरूको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकोमा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्छौं।'

    यस अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा कम्पनीले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि  लिडरशिप बोर्ड लागू गरेको छ। 

    यस अवधिभरमा सफल्तापूर्वक सबैभन्दा बढी रिफर गर्ने ३ जनामध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो–उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो–उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार लिडरशिप बोर्डले अफरको प्रतिस्पर्धालाई सुनिश्चित गर्ने र ग्राहकहरूलाई सहभागी हुनलाई थप प्रोत्साहन गर्नेछ। 

    ४५ दिनसम्म चल्ने यस अफरले ग्राहकहरूलाई आफ्ना साथी, परिवार र सहकर्मीहरूलाई सिजीनेट परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस अवसरको फाइदा उठाउनलाई हौसाउने कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार