काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ ।
डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्यमा १३० रुपैयाँ घटेपछि अब प्रतिलिण्डिर १६६० भएको छ ।
निगमले भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाएको बताएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।
निगम व्यवस्थापनले मूल्य अभिवृद्धि करको प्रभाव एवम् पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० अनुसार साविकको खुद्रा बिक्री मूल्यमा लागू हुनेगरी नयाँ मूल्य तोकेको जनाएको छ ।

