Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को प्रि–अर्डर सुरू

सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को प्रि–अर्डर सुरू

आर्थिक पत्र
मंगलवार, श्रावण २३ २०८०
  • सामसङ नेपालले ग्यालेक्सी फोल्डेबल फोनहरूः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ।

    यी फोनहरूबाट प्रयोगकर्ताहरूले स्लीक र कम्प्याक्ट डिजाइनहरू, धेरै विकल्पहरू र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन्।

    यी फोल्ड गर्न मिल्ने मोबाइलहरूमा असाधारण क्यामरा क्षमताहरू जडित गरिएको कम्पनीको भनाइ छ।

    लेटेस्टे प्रोसेसरद्वारा शक्ति प्रदान गरिएको टिकाउ ब्याट्री र बलियो पर्फरमेन्सका साथ सामसङ ग्यालेक्सी जेड सिरिजले चालु वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावनालाई रुपान्तरण गरेको कम्पनीले बताएको छ।

    नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरू नभए पनि ग्राहकहरूले साउन २२ गतेदेखि नै यी पाँचौ जेनेरेसनका फोल्डेबलहरूको प्रि-अर्डर गर्न सक्नेछन्। 

    ग्राहकहरूले प्रि–अर्डरसँगै प्रि–गिफ्टहरू पनि प्राप्त गर्न सक्नेछन्। सामसङको आधिकारिक स्टोरहरूमा गइ प्रि–अर्डर गर्न सकिनेछ।

    ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेण्डर र कालो रङहरूमा उपलब्ध छन्।

    यसको बजार मूल्य ८ं२५६ जिबिको लागि १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ। 

    ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरू २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ (३ं३२ जिबि) मध्ये कुनै एक रोज्न सक्नेछन्। 

    जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि पाँच हजार रुपैयाँ र सामसङ ए७ लाइट एलटिइको लागि दुई हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्नेछ।

    कम्पनीका अनुसार ठूलो स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको पातलो हल्का फोल्ड गर्न मिल्ने जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ। साथै ग्यालेक्सी जेड सिरिजमै सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्छ। 

    ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाइट निलो रङमा उपलब्ध छ। 

    यो स्मार्ट फोन १२ जिबि मेमोरी सहितको २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका छन्। 

    ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जिबि) को मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२+५१२ जिबि) को मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। 

    यसका साथै ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जिबि) को प्रि–अर्डरमा आकर्षक उपहारहरू पनि रोज्न सक्नेछन्। 

    उदाहरणको लागि ग्राहकहरुले फोन कभरसँगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन्। वा ३ हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार रुपैयाँ थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन्।

    समग्रमा ग्राहकहरूले प्रि–अर्डरमार्फत बढीमा २५ हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। 

    साथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्नति गर्न वा किन्नका लागि ग्राहकले इन्स्टा फाइनान्स सुविधाको पनि पयोग गर्न सक्नेछन्। 

    न्यूनतम इएमआई प्रति महिना ७ हजार रुपैयाँका दरले शून्य प्रतिशत ब्याजमा सुरू हुनेछ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार