Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हरायो

आर्थिक पत्र
बुधवार, श्रावण २४ २०८०
  • काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

    काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

    सूचनामा उल्लेख भएअनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको छ। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ।

    ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई सूचनामा आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार