Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाली बजारमा 'अनर ९० फाइभजी' र 'अनर ९० लाइट' सार्वजनिक, कति पर्छ मूल्य?

नेपाली बजारमा 'अनर ९० फाइभजी' र 'अनर ९० लाइट' सार्वजनिक, कति पर्छ मूल्य?

आर्थिक पत्र
शुक्रवार, श्रावण २६ २०८०
  • नेपाली बजारमा ‘अनर ९० फाइभजी’ र ‘अनर ९० लाइट’ सार्वजनिक भएको छ।

    अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले बुधबार एक कार्यक्रम गर्दै उक्त स्मार्टफोनहरू सार्वजनिक गरेको हो।

    अनर ९० ५ जी 
    अनर ९० मा १ बिलियन रङहरू भएको १२० एचजेड एमेलेड। ६.७″ स्क्रिनमा १२०० x २६६४ पिक्सेलको रिजोल्युसनको साथमा ४३५ पिपिआइको पिक्सेल घनत्व छ। 

    यो स्मार्टफोन हरियो, सिल्भर र निलो रङहरूमा (१२+२५६) जिबी  र (१२+२५६) जिबी गरी दुई भेरियेन्टमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

    अनर ९० को पछाडि दुई अलग ट्रिपल क्यामेरा सेटअप छ। प्राथमिक सुटर २०० एमपी क्यामेरा र अल्ट्रावाइड 12MP लेन्स माथिपट्टी छ। सेल्फी क्यामेरामा भने एफ⁄२.४ एपर्चरको ५० एमपीको लेन्स रहेको छ।

    यो फोनमा प्रभावशाली ५००० एमएएच लिथियम पोलिमर ब्याट्री छ। यसले ६६ डब्ल्यू द्रुत चार्ज गर्छ जसले ब्याट्रीलाई २० मिनेटमा ३ प्रतिशतदेखि ५० प्रतिशतसम्म चार्ज गर्न सक्छ।

    सेल्ट्रोन नेपालले अनर ९० को (१२+२५६) जिबी भेरियन्टको लागि ५८ हजार ९९० रुपैयाँ र (१२+५१२) जिबी संस्करणको लागि ६३ हजार ९९० रुपैयाँ मूल्य तोकेको छ। जसमा ग्राहकले २१ हजार ९९० रुपैयाँको अनर वाच ४ लाई मात्र ५ हजार रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। 

    अनर ९० लाइट 
    अनर ९० लाइट उत्कृष्ट क्यामेरा प्रणाली, डिस्प्ले र बढ्दो प्रयोगकर्ता अनुभवका लागि विभिन्न प्रकारका स्मार्ट क्षमताहरू भएको फेसनबल फोन हो।

    अनर ९० लाइटमा एफ⁄ १.९ अपर्चर, ५ एमपी वाइड र डेप्थ क्यामेरा छ। 

    सेल्फी खच्नका लागि १६ एमपी फ्रन्ट क्यामेराले मनमोहक सेल्फ-पोर्ट्रेटहरू प्रदान गर्छ। 

    यसमा ६.७ इन्च एजलेस डिस्प्लेमा ९० एचजेडसम्मको अनुकूलन रिफ्रेस दर रहेको छ। जसले प्रयोगकर्ताहरूलाई बटरी स्मूथ भिजुअल अनुभव प्रदान गर्छ।

    ग्राहकहरूले (८+२५६) जीबी भेरियन्टको अनर ९० लाइट छ जी ३१ हजार ९९० रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। प्रत्येक अनर  ९० लाइट फाइव जी को प्रि-बुकिङमा  ५ हजार ९९० रुपैयाँ मूल्यको अनर इयरवर्ड नि:शुल्क प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार