Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेल सम्मानित

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेल सम्मानित

आर्थिक पत्र
बिहिवार, भाद्र ७ २०८०
  • काठमाडौं । नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान गरेकोको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ ।

    कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मुल्याङ्कन स्वरुप प्रशंसापत्र प्रदान गरको हो ।

    मंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्रप्रदान गरेका थिए ।

    एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुन बमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको छ । एनसेलले सुरक्षित समुदाय र समाज विकासमा योगदान दिदै आएको छ ।

    नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार