Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महासंघमा १७ सदस्यीय पर्यटन समिति विस्तार

महासंघमा १७ सदस्यीय पर्यटन समिति विस्तार

आर्थिक पत्र
सोमवार, भाद्र ११ २०८०
  • नेपाल उद्योग वाणिभूकम्प र कोरानापछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्य सहित उक्त समिति विस्तार गरिएको हो।ज्य महासंघले देशबन्धु बस्नेत नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको छ। 

    महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति बस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो।

    भूकम्प र कोरानापछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्य सहित उक्त समिति विस्तार गरिएको हो।

    सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी बास्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन्।

    यसैगरी, सदस्यहरूमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटिभएका अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन्।

    यसैगरी, आमन्त्रित सदस्यहरूमा रेवानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूती चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपिएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रूपका नर्देशक प्रनिल प्रधान रहेका छन्। 

    यस्तै, उक्त समितिको सल्लाहकारहरूमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, मेरिएट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्धभावना दूत विक्रम पाण्डे, डोल्मा फण्डअन्तर्गत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन्। 

    समितिका सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासंघको साख उचो बनाउन भुमिका खेल्ने विश्वास लिएका छन्। 

    यसैगरी, समितिका सभापति देशबन्धु बस्नेतले उक्त समितिले देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भूमिका रहेको पर्यटन क्षेत्रलाई देश विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम गरिने बताए। 

    'हामीले अहिलेको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा हवाई क्षेत्रलाई विस्तार गर्ने उद्देश्य अनुरुप यससँग आवद्ध सबैजसो संघसंस्थाका प्रतिनिधिहरूलाई समेट्ने प्रयास गरेका छौं,' उनले भने, 'आशा छ यस समितिले नजिता निकाल्ने गरी काम गर्नेछ।'

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार