Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आर्थिक पत्र
मंगलवार, भाद्र १२ २०८०
  • रुपन्देही । नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ। 

    भैरहवास्थित गौतम बुद्ब अन्तराष्ट्रिय बिमानस्थलवाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो । 

    मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ  ।

    उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

    जसका लागि एनएसीले गत भदौं १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार