Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

जगदुल्ला जलविद्युत आयोजनाकाे सडक निर्माणमा सहमति

जगदुल्ला जलविद्युत आयोजनाकाे सडक निर्माणमा सहमति

आर्थिक पत्र
बुधवार, आषाढ १५ २०७९
  • सुर्खेत। डोल्पामा रहेको जलदुल्ला जलविद्युत आयोजना (१०७ मेघावाट) स्थलमा सडक निर्माणमा देखिएको समस्या फुकाउन सहमति जुटेकाे छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो ।

    images

    उक्त छलफलमा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) जगदुल्ला जलविद्युत् कम्पनीका प्रवन्ध निर्देशक प्रकाश अधिकारी, परियोजना प्रबन्धक सञ्जय सापकोटाका अधिकारीहरूको बीच भएकाे छलफलमा  सडक निर्माणमा गर्दा आईईईकाे विषय एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको हाे ।

    उद्योग पर्यटन वन तथा वातावरणले सडक खन्दा हुने समस्यालाई सहजीकरण गर्नका लागि सहमत भएको मन्त्री छिरीङ डम्डुल लामाले बताए । भौतिक पूर्वाधार तथा सहरी विकास कार्यालय डोल्पाबाट सडक निर्माणका लागि ठेक्का लागेको छ । त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माण गर्न आयोजनाले नै ठेक्का लगाएको छ । आफ्नो मन्त्रालय अन्तर्गत हुने सम्पूर्ण कामहरू छिटोभन्दा छिटो हल गर्ने मन्त्री रोकायले बताए ।

    आयोजनालाई छिटोभन्दा छिटो काम गर्नका लागि बाटो अवरोधका रुपमा रहेको छ । जाजरकोट- डोल्पा सडक खण्डको त्रिवेणीबाट आयोजना स्थलमा सडक लिनका लागि ९२० मिटर लामो भिर फोड्न विस्फोटन पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि आईईई रिर्पोट आवश्यक पर्ने भएकाले त्यसका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सहयोग गर्ने सहमति भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार