Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टेलिकमले ल्यायो 'नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज'

टेलिकमले ल्यायो 'नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज'

आर्थिक पत्र
मंगलवार, भाद्र २६ २०८०
  • काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ।

    टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।

    नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिनेछ। सो च्यालेन्ज आइतबारदेखि सुरू भएको र आगामी असोज ७ गतेसम्म च्यालेन्जमा सहभागी हुन सकिने कम्पनीको भनाइ छ। 

    विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ। यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। 

    aत्सैगरी, सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टपअप प्रदान गरिनेछ। 

    नेपाली महिलाहरूको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो।

    यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार