Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङले ल्यायो नयाँ अफर, मोबाइल र ट्याब्लेट किन्दा स्कुटर जित्न सकिने!

सामसङले ल्यायो नयाँ अफर, मोबाइल र ट्याब्लेट किन्दा स्कुटर जित्न सकिने!

आर्थिक पत्र
बुधवार, आश्विन ३ २०८०
  • सामसङ नेपालले दसैंलाई लक्षित गर्दै नयाँ योजना 'सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै' ल्याएको छ।

    कम्पनीका अनुसार यो योजनाअन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट किन्दा हरेक दिन (शनिबारबाहेक) उपहार स्वरूप टिभिएस नटर्क स्कुटर जित्ने अवसर प्राप्त हुन्छ।

    सामसङ नेपालले हरेक दिन उपहारमा दुई लाख ३३ हजार ९ सय रूपैयाँ मूल्य बराबरको एउटा टिभिएस एनटर्क प्रदान गर्नेछ। २५ दिने यो योजनामा २५ जना विजेताले उक्त उपहार पाउनेछन्।

    सामसङ स्मार्टफोन र ट्याब्लेट किन्ने जो कोही ग्राहक यो योजनामा सहभागी हुन सक्नेछन्।

    शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी भएका ग्राहकको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ।

    यो योजना आगामी असोज ५ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ। यद्यपि ग्राहकहरू असोज २ गतेदेखि नै योजनामा सहभागी हुन सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका इन्ट्रीहरूलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिने कम्पनीले जनाएको छ।

    लक्की ड्र सातामा दुईपटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ।

    टिभिएस एनटर्क  जित्न सहभागी हुने प्रक्रियाहरू।

    १. सामसङ स्मार्टफोन वा ट्याब्लेट किन्ने।

    २. नयाँ उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्ने।

    ३. SAMSUNG<space>सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्ने। उदाहरणका लागि SAMSUNG XXXXXXXXXXX

    इन्ट्रीको पुष्टि तुरून्तै पाइनेछ। विजयी सिरियल नम्बरको घोषणा इमेज च्यानलमार्फत गरिने लाइभ लक्की ड्रमा गरिनेछ। उक्त परिणाम भोलपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।

    यसबाहेक सामसङको अर्को अफर पनि छ।

    सामसङ स्मार्टफोन वा ट्याब्लेट 'सुविधाजनक इन्स्टा फाइनान्स सुविधा' अन्तर्गत मासिक किस्तामा शून्य प्रतिशत ब्याजदरमा किन्न सकिनेछ।

    देशभरका तीन सयभन्दा बढी सामसङ इन्स्टा फाइनान्स सुविधा रहेका पसलहरूका साथै २२ वटा 'सामसङ एक्सपिरिएन्स स्टोर' हरूबाट यो सुविधा लिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार