Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्प्यारो एसएमएस अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

स्प्यारो एसएमएस अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

आर्थिक पत्र
बुधवार, आश्विन ३ २०८०
  • ललितपुर। संचारको निरन्तर विकसित प्ररिदृश्यमा  स्प्यारो एसएमएस सेवा प्रदान गर्दै विगत १३ वर्ष देखि स्थापित कम्पनी हो। सन् २०१० मा जब स्प्यारो एसएमएस संचालनमा आयो, नेपाल निकै कठिन समयबाट गुज्रिरहेको थियो जसमा दैनिक १४-१८ घण्टा लोडशेडिङ, निरन्तर हडताल तथा नेपाल बन्द जस्ता कार्यक्रमहरुले दैनिक कार्य संचालनमा कठिनाई थियो। उक्त समयमा नेपालमा नगण्य रुपमा स्मार्टफोनको उपलब्धता थियो, साथै ईन्टरनेट पनि सीमित र एकदमै महँगो सेवा थियो। जसले गर्दा सजिलै सूचनाको पहुँचबाट धेरै बन्चित थिए। स्प्यारो एसएमएसले यसै कठिनाईलाई मध्यनजर गरी सूचनामा सजिलो पहुँच पुर्याउन एसएमएसमार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी तथा गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आएको छ।

    स्प्यारोले वैदेशिक रोजगार विभागसँगको सहकार्यमा सुरु गरेको वैदेशिक रोजगारीमा जानु अघिको श्रम स्वीकृतिको विवरण एसएमएस मार्फत प्रमाणिकरण गर्ने प्रणालीले लाखौँ सोझासाझा वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगीनबाट रोकेको छ। यो सेवा संचालनको सुरुवाती समयमा नै  १० लाखभन्दा बढी विवरणहरु एसएमएसमार्फत प्रमाणिकरण हुन आएको थियो। यस कारण यो प्रविधि सेफ माइग्रेसनका लागि क्रान्तिका रुपमा स्थापना भई एसएमएस लाई दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड समेत प्राप्त भएको छ।

    त्यस्तै, स्प्यारोले ल्याएको एसएमएसबाटै कालीमाटी तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि सहयोग पुगेको थियो।

    स्प्यारो एसएमएसद्वारा सुरु गरिएका केही अन्य उल्लेखनीय कामहरुमा एसएमएसमा लोडसेडिङ तालिका, एसईई परिक्षाफल जाँच, मानव बेचबिखन जोखिम एसएमएस रिपोर्टिङ, एसएमएसमा-आधारित पशुपंक्षि व्यवस्थापन र रिपोर्टिङ प्रणाली, र स्कुले बालबालिकाको दिवा खाजा निगरानी प्लेटफर्म लगायत पर्छन्।

    स्प्यारो एसएमएसले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आएको छ। नेपालमा २०७२ को भूकम्प गएको बेला स्प्यारोले गुगल पर्सन फाइन्डर सेवासँग सहकार्य गर्नुका साथै ओपन सोर्स प्लेटफर्म उशाहिदि सँग नेपालमा भूकम्पको समयमा राहत सामग्रीको माग तथा आपूर्ति डाटा भिजुअलाइजेशनका लागि समेत सहकार्य गरेको थियो। यसले राहत सामग्रीको न्यायोचित वितरणमा एक हदसम्म सहयोग गरेको थियो। यसै सेवाका लागि स्प्यारो एसएमएस गुगल बिजनेस ग्रुपको ग्लोबल स्टोरीटेलिङ कन्टेस्टका लागि शीर्ष ५ फाईनलिस्टमा परेको थियो र गुगलको टोलीले यस कार्यको डकुमेन्ट्री भिडियो खिच्न नेपाल भ्रमण समेत गरेको थियो। गुगलले तयार पारेको उक्त भिडियो यो लिङ्कमा हेर्न सकिन्छ।

    यस १३ वर्षको अन्तरालमा समय बदलिएको छ। यसअघि धेरै सरकारी, गैर सरकारी तथा निजी संस्थाहरूसँग वेबसाइट पनि थिएन। आईसिटीमा राम्रो पहुँच थिएन र प्रविधिको सहि प्रयोग हुन सकेको थिएन। समयक्रमसँगै प्रविधिको विकास हुँदै जाँदा नयाँ व्यवसायहरु बजारमा स्थापित हुँदै गएका साथै निजी, सरकारी, गैर सरकारी सबै संघसंस्थाले एसएमएसर यसको प्रयोगको बारेमा जानकारी राखेको हामीले पाएका छौँ। बैंकिङ कारोबारका लागि ओटीपी प्रमाणित गर्न वा कुनै पनि कारोबार को अलर्ट पठाउन का लागि होस्, या सानो किराना व्यवसायको कुनै नयाँ सामानको प्रचार गर्न होस्, एसएमएसले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। साथै, यस अन्तरालमा नेपालमा शत प्रतिशत मोबाईल प्रयोगकर्ता, र ७० प्रतिशत भन्दा माथि स्मार्टफोन र ईन्टरनेट प्रयोगकर्ता रहेको तथ्याङ्कले बताउँछ। यस कारण आउँदो दिनहरुमा व्यवसायहरुलाई आफ्ना प्रयोगकर्ताहरुसँग संचार गर्न, सुचना आदान प्रदान गर्न वा आफ्नो सेवा र उत्पादन प्रचार गर्न एसएमएस लगायत अन्य माध्यमहरु निकै प्रभावकारी हुने स्प्यारोले बुझेको छ।

    यहि बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै स्प्यारो एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लाटफर्ममा जोडेको छ। यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै स्प्यारो एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको छ। यस विस्तारको उद्देश्य स्प्यारोको प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरुमाझ पुर्याउनु हो।

    किन रिब्रान्डिङ ?
    स्प्यारो एसएमएसले १३ वर्षभन्दा लामो समयदेखि नेपालमा अग्रणी एसएमएस सेवा प्रदायकको रूपमा आफ्नो स्थान कायम राखेको छ। पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा स्प्यारो एसएमएसले विभिन्न कम्युनीकेशन च्यानलहरू एकीकृत गर्न सक्षम ईन्टरप्राईज मेसेजिङ प्लाटफर्मको आवश्यकता महशुस गर्यो। यस अनुभूतिले हामीलाई एक परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् ईन्टरप्राईज मेसेजिङ प्लाटफर्ममा रूपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित गर्यो। यस रिब्रान्डिङ पश्चात आफ्ना प्रयोगकर्ताहरू माझ आजको दिनमा आवश्यक कम्नुनिकेशनका टुलहरु मार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ।

    प्रविधि र सञ्चारको द्रुत-गतिगतिमा भईरहेको विकासले मानिसका आनीबानीहरुमात्रै होईन व्यवसायहरु नै परिवर्तन गरिरहेको यस समयमा व्यवसायहरुले आफूलाई समय अनुसार ढाल्न सक्नु र आफ्नो अस्तित्व बचाईराख्नु आजको अपरिहार्य आवश्यकता हो। नयाँ लुक्स र सेवाहरुले स्प्यारो एसएमएसको समय अनुसार उपयुक्त र आवश्यक सेवाहरु विस्तार गर्दै, प्रयोगकर्ताको चाहना बुझ्दै नवीनतम प्रविधि भित्र्याउने र थप परिष्कृत सेवा दिने प्रतिबद्धता देखाउँछ।

    नयाँ के छ ?
    यस रिब्रान्डिङले स्प्यारो एसएमएस र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरु प्रदान गर्नेछ। एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले स्प्यारो एसएमएसको एक ईन्टरप्राईज मेसेजिङ कम्पनीको रूपमा भएको रुपान्तरण प्रतिबिम्बित गर्नेछ। स्प्यारोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ। साथै, नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउँछ। अपडेट गरिएका रंगहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउँछ। स्प्यारो एसएमएसको इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङ पश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गर्न सक्छन्।
    यस रूपान्तरण पश्चात कम्पनीले निम्न सेवा र विशेषताहरु ल्याउनेछस्
    ●    मल्टि - च्यानल कम्युनीकेशन प्लेटफर्म
    ●    नयाँ सेवाहरु ओटीपी २ एफपीए दुई - चरणको प्रमाणीकरण, अन्तर्राष्ट्रिय एसएमएस, मिस्ड कल मार्केटिङ, च्याटबट सेवा आदी
    ●    सरल ईन्टिग्रेसन र एपीआई सेवा
    ●    सुदृढ र मजबुत डाटा सुरक्षा
    ●    चौबिसै घण्टा उपलब्ध ग्राहक सेवा 

    यो रिब्रान्डिङले केवल बाहिर देखिने आवरण भन्दा अन्य धेरैथोक प्रतिनिधित्व गर्दछस यसले स्प्यारो एसएमएस को सेवामा रूपान्तरण र विकास, प्रयोगकर्ताको अनुभव सुधार्न र इन्टरप्राइज कम्युनीकेशनमा उत्कृष्टता हासिल गर्ने उद्देश्य रहेको साथै व्यवसायहरूको बदलिँदो संचार आवश्यकताहरूलाई पुर्ति गर्न सक्ने बृहत, प्रयोगकर्ताले रोजेअनुसारको र प्राविधिक रूपमा थप सशक्त ईन्टरप्राईजेज मेसेजिङ प्लाटफर्म प्रदान गरेर ईन्टरप्राईज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार