Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

क्लासिक टेकले सार्वजनिक गर्‍यो दसैं अफर

क्लासिक टेकले सार्वजनिक गर्‍यो दसैं अफर

आर्थिक पत्र
सोमवार, आश्विन १५ २०८०
  • इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान चाड बिजया दशमीको शुभ अवसरमा दसैं योजना सार्वजनिक गरेको छ।

    क्लासिक टेकमा आवद्ध हुन चाहने नयाँ ग्राहकहरूले २०० र ३०० एमबिपिएस इन्टरनेट क्रमशः ९०७ रुपैयाँ र १ हजार १७७ रुपैयाँ मा पाउन सक्ने कम्पनीले बताएको छ।

    अफर अन्तर्गत जेडटिइ को ५ गिगाहर्ज राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाउन सकिनेछ भने सेकेन्डरी राउटर जडान गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले अहिले सम्मकै सबैभन्दा सस्तो मूल्यमा सेकेन्डरी राउटर प्रदान गर्ने जनाएको छ।

    यस्तै, कम्पनीले क्यारो टेल कम्पनीसँग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्रीका लागि साझेदारी समेत गरेको छ। 

    गत वर्ष जस्तै कम्पनीले भिडियोकोनको ३२ इन्च तथा ४३ इन्चको स्मार्ट टिभी सेट बजारको मूल्यभन्दा निकै कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ। 

    भिडियोकोन ३२ इन्च स्मार्ट टिभीको मूल्य १९ हजार १३१ रुपैयाँ र ४३ इन्च स्मार्ट टीभीको मूल्य २८ हजार ७०१ रुपैयाँ रहेको कम्पनीले बताएको छ।

    कम्पनीले हालका प्रयोगकर्ताहरूका लागि समेत विशेष अफर ल्याएको छ। ग्राहकहरूले २५० एमबिपिएसको वार्षिक नवीकरणमा ५०० एमबिपिएस इन्टरनेट स्पिड पाउने कम्पनीको भनाइ छ। 

    त्यस्तै, १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको कम्पनीले बताएको छ।

    कम्पनीले वार्षिक रिचार्जमा पनि जेडटिइको ५ गिगाहर्ज राउटर निःशुल्क पाइने तथा भिडियोकोनको ३२ तथा ४३ इन्चको स्मार्ट टिभी सेट पनि सुपथ मूल्यमा लिन सकिने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार