Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फूडमाण्डुले ल्यायो ‘बडा दसैं बाइट्स’ क्याम्पेन अफर

फूडमाण्डुले ल्यायो ‘बडा दसैं बाइट्स’ क्याम्पेन अफर

आर्थिक पत्र
शुक्रवार, आश्विन १९ २०८०
  • काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले विजया दशमीको अवसरमा ‘बडा दसैं बाइट्स’ नामक अफर क्याम्पेन ल्याएको छ।

    उक्त क्याम्पेनमा उपभोक्ताले दुई वटा अफर प्राप्त गर्न सकिनेछ । पहिलो अफर अन्तर्गत “बडा दसैं बाइट्स” मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५% फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ ।

    दोस्रो अफर अन्तर्गत “बडा दसैं कम्बो बाइट्स” मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिनेछ ।

    यसबारे फूडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनशा भट्टराईले उक्त अभियानमार्फत ग्राहकहरूसँग दसैं मनाउन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । उक्त अभियान आगामी कात्तिक २ गतेसम्म चल्ने छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार