Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेताले पाए पुरस्कार

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेताले पाए पुरस्कार

आर्थिक पत्र
शुक्रवार, आश्विन २६ २०८०
  • काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद एक लाख हस्तान्तरण गरेको हो । 

    वाजागाज सहित एक कार्यक्रमको आयोजना गरि सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद रु एक लाख जितेका हुन् । 

    नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । 

    त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।   

    सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान असोज १ गतेदेखि सिमित अवधिको लागि नेपालभर लागू भएको कम्पनीले जनाएको छ ।   

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार