Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टेलिकमको अटम अफर सार्वजनिक, के छन् विशेषता?

टेलिकमको अटम अफर सार्वजनिक, के छन् विशेषता?

आर्थिक पत्र
शनिवार, आश्विन २७ २०८०
  • नेपाल टेलिकमले आज (बिहीबार) देखि लागू हुने गरी अटम अफर उपलब्ध गराएको छ। यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको छ। 

    यस अफरका आकर्षक प्याकहरूः

    –टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ। 

    त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ।

    –अलनेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

    –यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत ९५ रुपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डाटा उपलब्ध हुनेछ।

    त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ। 

    –प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेजः कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ। 

    यस अनुसार ६३६ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जिबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ।

    सो प्याकेज २८ दिनसम्म चलाउन सकिने कम्पनीको भनाइ छ। 

    नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जिबी बोनस डाटाः कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा १ जिबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। 

    सो डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। 

    अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१#  डायल गर्नु पर्नेछ। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार