Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

छेडागाड नपाकाे खर्चमा व्यक्तिगत घरमा जोडिएको इन्टरनेट काटियाे

छेडागाड नपाकाे खर्चमा व्यक्तिगत घरमा जोडिएको इन्टरनेट काटियाे

आर्थिक पत्र
मंगलवार, आश्विन ३० २०८०
  • जाजरकोट । छेडागाड नगरपालिकाका कर्मचारीले पालिकाकै रकमबाट व्यक्तिगत रुपमा चलाइरहेको इन्टरनेट सेवा बन्द गरिएको छ ।

    यसरी ११ ठाउँमा जोडिएका व्यक्तिगत इन्टरनेट सेवाहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बन्द गराइदिएका हुन् ।

    अब पालिका भित्र नगरप्रमुख रत्नबहादुर खड्का , उपप्रमुख चन्द्र थापा , लेखा शाखा , प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य ठाउँमा इन्टरनेट सेवा नचल्ने भएको छ । पालिकाको खर्चमा व्यक्तिगत प्रयोजनका लागि सरकारी रकमबाटै इन्टरनेट चलाएर मासिक भारी रकम खर्च हुँदै आएको थियो । अब इन्टरनेटमा मात्र झण्डै १० लाख भन्दा बढी बचत हुने भएको छ । सबै निजी रुपमा चलाइरहेका कर्मचारीबाट राउटर फिर्ता मागिएको छ ।

    खाजा ,नास्ताका लागि असोज २९ गते सूचना प्रकाशित गरिएको छ । सस्तोमा जसले नगरपालिकालाई नास्ता उपलब्ध गराउँछ ,उसैले नास्ता उपलब्ध गराउने गरी खुल्ला प्रतिस्पर्धाबाट काम हुने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । कर्मचारीले जथाभावी गरिरहेको इन्धन सेवालाई समेत कडाइका साथ लिई कुपन सेवा उपलब्ध गराएको छ । मदिरा सेवन गरी हो हल्ला गर्ने बिकृती बढेकोले त्यसलाई रोक्न सामुहिक प्रतिबद्धता समेत गराएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार