Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिशहोममा दशैं स्पेशल शो, छक्कापञ्जा-४ निःशुल्क हेर्न पाइने

डिशहोममा दशैं स्पेशल शो, छक्कापञ्जा-४ निःशुल्क हेर्न पाइने

आर्थिक पत्र
बुधवार, कार्तिक १ २०८०
  • काठमाडौं । डीटीएच सेवा प्रदायक डिसहोमले दशैं अवसरमा वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू एक्सक्लुसिभ प्रदर्शन गरिरहेको छ ।

    यसै क्रममा डिशहोमले आफ्नो ग्राहकहरू लाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ ।

    डिशहोमका सबै एक्टिभ ग्राहकहरूले बिनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुकी ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्नेछन्‌ ।  यस्तै दशैं मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभर नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सकिने डिसहोमले जानकारी दिएको छ ।

    थप जानकारीका लागि ग्राहकहरूले डिसहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार