Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

आर्थिक पत्र
सोमवार, कार्तिक ६ २०८०
  • सिरहा । मधेश प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चावती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ ।

    images

    मधेश प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेश फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५, ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसद रामसरोज प्रसाद यादवले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्वता जनाएका हुन् । 

    जिल्लामा व्याप्त बेरोजगारी, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफूहरुले भोग्नु परेका असहजता, कृषि, सिँचाइलगायत विषयमा सहभागीले गुनासो राखेका थिए । नागरिकका गुनासोहरूको सम्बोधन गर्दै प्रदेश सांसद् तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री यादवले आफूले विकास समितिमा तथा प्रदेशसभामा नागरिकका गुनासोहरू उठाउने तथा सम्बोधन गर्न सक्दो प्रयास गर्ने प्रतिबद्वता व्यक्त गरे । उनले पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी मन्दिरलगायत पर्यटकीय क्षेत्र सलहेस, कमलदह, बाबाताल, हात्तीदहलाई विधेयकमा समेटिने जानकारी दिए ।

    कार्यक्रममा विकास समितिका सांसदहरू रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी र शम्भुकुमार साहको उपस्थिति थियो । उनीहरूले सिँचाइ, कृषिको आधुनिकीकरण र व्यवसायीकीकरण, विद्युतीकरण, चुरे संरक्षणलगायत विषयमा तीन तहको सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड् दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार